सहकारी ठगीमा रविको बयान, शव्दमा तानाबाना

0
76

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ता तत्कालीन व्यावसायिक साझेदार जिबी राईको बदमासीको जिम्मेवारी आफूले नलिने बताएका छन् । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोगबारे संसदीय विशेष छानबिन विशेष समितिमा आज बयान दिँदै उनले उक्त भनाई दोहोर्याएका हुन् । लामिछानेले सार्वजनिक अभिव्यक्तिहरुमा पनि सोही धारणा राख्दै आएका छन् ।

गोर्खा मिडिया नेटवर्क प्रालिमा आफूले एक रुपैयाँ पनि लगानी नगरेको दाबी दोहोर्याउँदै उनले १५ प्रतिशत ‘स्वेट सेयर’ भने लिएको बताए । जिबी राई अध्यक्ष रहेको उक्त संस्थामा लामिछाने तत्कालीन समय प्रबन्ध निर्देशक थिए । तर, प्रचलित कानुनबमोजिम जुनसुकै आधारमा बनेपनि कम्पनीका कारोबारमा प्रबन्ध निर्देशक जिम्मेवार हुनैपर्छ । उनले शब्दको चलखेल गर्दै ‘स्वेट सेयर’ को परिभाषा अघि सारेका छन् । नेपालको कानुनले उनको ‘स्वेट सेयर’ लाई चिन्दैन ।

‘गोर्खा मिडिया नेटवर्कमा मैले एक रुपैयाँ पनि लगानी गरेको छैन र १५ प्रतिशत स्वेट सेयर लिएको कुरा मैले यसअघि पनि जानकारी गराइसकेको छु’,समितिमा लामिछानेले भने । उनले सहकारीबाट एक सुको ऋण नलिएको बताए र भने, ‘गोर्खा मिडियाले लिएको लोनको जिम्मा लिन सक्दिनँ ।’

समितिले लामिछानेसँग व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा रकम पठाउन मिल्छ कि मिल्दैन ?, उक्त रकम गोरखा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा र प्रयोजनका लागि लिनुभएको थियो ?जस्ता प्रश्न गरेको छ । समितिले त्यसअघि गोर्खा मिडियाकै अर्का सञ्चालक तथा उपाध्यक्ष छबिलाल जोशीसँग पनि तीन घण्टा बयान लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here