तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मस्र्याङ्दी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । भारतीय नागरिक सवार बस दुर्घटनामा परेका २६ जनालाई आबु खैरेनीमै मृत घोषणा गरिएको थियो भने एक जनाको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
त्यसैगरि १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । भारतीय नंवर प्लेटको बसमा सवार उनीहरु भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार बसमा चालक दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक रहेका थिए । घटना भएपछि भारतीय दूतावासका प्रतिनिधि समेत तनहुँ पुगेका थिए ।