काठमाण्डौको टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरूविरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, नेपाली कांग्रेसका सभापि शेरबहादुर देउवालगायत नेताहरूविरुद्ध नाराबाजी भएको हो ।
टुँडिखेलमा भएको गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरू उपस्थित भएका थिए ।
गौरा पर्वको महत्त्वपूर्ण दुर्वाष्टमी अर्थात् अठेवाली आज सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले आजको दिनलाई महिलाहरूले महत्त्वपूर्ण मान्दछन् । दुवोले गौराको पूजा गरिने भएकाले आजको दिनलाई दुर्वाष्टमी भनिएको हो । पवित्र धागोबाट निर्माण गरिएको ‘दुवधागो’ लाई विधिपूर्वक अभिमन्त्रित गरी नारीहरूले निरहार बसेर आजकै दिन धारण गर्दछन् ।
दुवधागो ग्रहण गरेका महिलाहरूलाई पवित्र मानिन्छ । दुवधागो धारण गरेका महिलाहरूलाई भातभान्सा गर्ने पहिलो अधिकार रहन्छ । यो चलन परम्परागतकालदेखि सुदूरपश्चिममा चल्दै आएको छ । महिलाहरूले गौरालाई नचाएपछि बेलुकीपख डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई जना पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ ।