विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

0
67

आईसीसी विश्वकप लिग २ अन्तरगत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीनमा १६ सदस्य टोलीको घोषणा गरेको हो ।

टोलीमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले कमब्याक गरेका छन् । टोलीमा देव खनाललाई भने ट्राभल रिजर्भ खेलाडीका रुपमा राखिएको छ ।

लिग २ मा नेपालले सेप्टेम्बर १६ पहिलो खेल क्यानडासँग खेल्दै छ । त्यस्तै सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । नेपालले सेप्टेम्बर २२ मा पुनः क्यानडासँग खेल्ने छ । यो सिरिजपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी२० आई सिरिज हुने छ ।

त्यसपछि नेपाल लिग २ को अर्को सिरिजका लागि अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक सिरिज हुने छ ।

तस्बिर : सरोज नेपाल

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here