युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (UUNTF)को चौंथो महासभाको तयारी पूरा

0
113

लस एन्जलस, संयुक्त राज्य अमेरिका । युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (UUNTF) को चौथो महासभाको सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रम संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा यहि – सेप्टेम्बर १४ मा हुनेछ । जसले विश्वभर छरिएर रहेका नेपाली तेक्वान्दोका खेलाडी, प्रशिक्षक तथा यस खेलका नेतृत्वलाई फेरि एक पटक एकै ठाँउमा समेट्ने छ । कार्यक्रमले नयाँ कार्य समितिको समेत चयन गर्ने छ ।
कार्यक्रमका संयोजक अमृत महतोले सम्पूर्ण तयारी पूरा भैसकेको हुनाले सहभागीहरुलाई स्वागत गर्न उत्साहित रहेको जानकारी दिए । साथै देश तथा विदेशमा रहेका विभिन्न संघसंस्था एवं संचारकर्मीहरुलाई कार्यक्रमबारे थप प्रचारप्रसार गरिदिन समेत आग्रह गरेका थिए ।
बेलायत, क्यानडा, कोरीया, अष्ट्रेलिया, मकाउ, नेपाल, हंगकंग लगायत अमेरिकाको बिभिन्न स्टेटहरूमा यसको शाखा रहेको पनि उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here