धनगढी उपमहानगरद्वारा नगर बससेवा सञ्चालन गर्ने

0
43

कैलाली । धनगढी उपमहानगरपालिकाले आईतबार नगर बससेवाको उद्घाटन गरेको छ ।
फूलबारी बसपार्कमा एक कार्यक्रम आयोजना गरी नगर बससेवाको उद्घाटन गरिएको हो । उपप्रमुख कन्दकला रानाले सिटी बजाएर र हरियो झन्डा देखाएर उक्त नगर बससेवाको उद्घाटन गरेका थिए ।
उपमहानगरपालिकाले खरिद गरेको नगर बस कैलारी गाउँपालिकाको हसुलियाबाट, फूलबारी, धनगढी हुँदै गोदावरीको अत्तरियासम्म चल्ने रुट तोकिएको उपमहानगरपालिकाले जनाएको छ । यही असोज १ गतेदेखि सुरु हुने नगर बससेवा बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने बताइएको छ । छवटा बसबाट नगर बससेवा सुरु गरिएको छ । करिब सात किलोमिटर दूरीमा रु. २० तिरेर नगर बसमा यात्रा गर्न पाइनेछ ।
हरेक दिन कैलारीको हसुलियाबाट अधिकतम ३० मिनेटको अन्तरालमा बस छुट्ने राजस्व शाखा प्रमुख डिल्लीराज ओझाको भनाइ छ । नगर बस रोकिने स्थानको तय उपमहानगर र संचालक कम्पनीले गर्ने छ । तोकिएको स्थानमा मात्रै यात्रु झर्ने र चढ्ने व्यवस्था मिलाइने पनि उनले बताए ।
बस सञ्चालनले सर्वसाधारणलाई प्रत्येक्ष लाभ हुने नगर प्रमुख गोपाल हमालले बताए । फूलबारीमा अस्पताल निर्माण, खेलकुदग्रामको विकास, गौशाला निर्माणजस्ता विकास निर्माणका काम गर्न उपमहानगर अग्रसर रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here