काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्न एक महिनाभित्र आयोग गरिने प्रतिबद्धता जनाएका छन् ।
सोमबार एसियाली किसान सङ्घको ११औँ साधारणसभालाई सम्बोधन गर्दै उनले आयोग गठनका लागि कानुन संशोधन गर्न मन्त्रालयले तयारी गरि रहेको जानकारी दिए ।
मन्त्री अधिकारीले किसानको उन्नति नभएसम्म देशको प्रगति नहुने भएकाले यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
कृषिमा आधारित एसियाली मुलुकहरु मिलेर कृषि क्षेत्रको दिगो विकासका लागि आवाज उठाउनुपर्ने उनको भनाई थियो । दुई दिनसम्म चल्ने साधारणसभामा १९ देशका २२ वटा किसानसँग सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।
साधारणसभाले सङ्घको नयाँ नेतृत्व चयन गर्ने छ भने पाँच दिने तालिमको पनि आयोजना गरिने उक्त अवसरमा जानकारी दिइयो ।