नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

0
128

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका ६ नौ किलोमा सडकको छेउ भाँसिएको थियो ।
सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल भासिएको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि सोमबार बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here