काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) द्वारा नविन रा.प्र.पा.परियोजना अन्तर्गत ४० वर्ष मुनिका २० जना युवालाई पार्टीको केन्द्रिय समितीमा लैजाने निर्णय गरेको छ । जसकालागि पार्टीले छनौट समिती गठन गरि विभिन्न मापदण्डहरुका आधारमा अन्तरवार्ता लिएको थियो ।
जसबाट देहायका १० जना पुरुष तथा १० जना महिला केन्द्रिय समितीमा सिफारिस गरेको छ ।
पुरुषतर्फ दार्चुलाका अशोक सिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका बिनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका गोपीकृष्ण चौंलागाइ, दाङ्गका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, नवलपरासीका नवतीत कुमार मिश्र, काठमाडौंका समीर शर्मा र यु.के.का डेभिड थापा रहेका छन् ।
त्यसैगरी महिला तर्फ धादिङकी मा. बिना लामा, पर्साकी मा. बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी थापा, सुनसरीकी नजियाँ खातुन मियाँ, ललितपुरकी सजिना कार्की, सल्यानकी मा. अनिशा नेपाली, तनहँुकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी दीपा श्रेष्ठ, मिस नेपाल वल्र्ड २०२४, काठमाडौंकी आश्मा कुमारी के.सी.र हुम्लाकी तारा जैशी रहेका छन् ।