क्यालीफोर्निया । क्यालीफोर्निय राज्यको लस एन्जल्समा युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो फेडरेसन (UUNTF)को चौथो महासभा तथा दशौ बार्शिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रम राष्ट्रिय खेलकुद परिषदका पूर्व तेक्वान्दोका बरिष्ठ प्रशिक्षक तथा एभरेष्ट तेक्वान्दो स्कूल मिचिगनका संथापक मास्टर लब प्रशाद गोर्खालीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्बसम्मतिबाट चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा किसन सिंह बराल थापा र जगन लाल श्रेष्ठ, उपाध्यक्षमा हरिहर पाण्डे, महासचिवमा गणेश थापा, सचिव तथा प्रवक्तामा राजु थापा, कोशाध्यक्षमा अमृत महतो र सदस्यहरूमा ज्वाला कार्की, महादेव धानुक, रुपा स्यान्तान, दीपक राना, उमेश राज भण्डारी, मिनु कार्की महर्जन, अर्जुन खड्का, कौशिला खनाल, सिद्धार्थ श्रेष्ठ, राजु तिमल्सिना, नरेश कुमार श्रेष्ठ, सुरज श्रेष्ठ, ऋतु जिम्मी राई, र नन्दु विष्ट निर्वाचित भएका निर्वाचन समितिका संयोजक रोशन अधिकारीले जानकारी दिएका छन् ।
क्यालिफोर्नियास्थित नेपाल अवैतनिक महावाणिज्य दूतावासका अवैतनिक महावाणिज्य दूत ऋषि ढकालको प्रमुख आतित्थयमा कार्यक्रम सम्पन्न भएको थियो ।
अन्टिएफका नवनिर्वाचित अध्यक्ष लभ प्रसाद गोर्खालीले महासंघलाई अझ बलियो बनाई नेपाली तेक्वान्दोको बिकाशमा नयाँ योजनाहरु ल्याएर नेपाली तेक्वान्दोलाई थप उचाइमा पपुर्याउने बताए । राष्ट्रिय खेलकुद परिषद्का पूर्व बरिष्ठ प्रशिक्षक, हलिउड तेक्वान्दो स्कूल पोर्टल्याण्डका संथापक प्रमुख तथा (UUNTF) का सल्लाहकार दिबाकर डान महर्जनले (UUNTF)ले गर्ने तेव्कान्दोको बिकासमा सधै साथ र सहयोग रहनुका साथै आईओएफटिसीले हरेक दुई बर्षमा गर्ने प्रतियोगितामा (UUNTF)लाई प्रार्थमिकतामा राख्ने जनाएका छन् ।
कोषाध्यक्ष गणेश थापाले (UUNTF)को आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा उपस्थित स्थानीय बिभिन्न संघ संथाहरुका प्रतिनिधिहरुले नेपाली तेक्वान्दो समुदायको एकता र साझा दृष्टिकोणलाई जोड दिदै खुसी ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली तेक्वान्दोको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम क्यालीफोर्नियाको लस एन्जल्सका तेक्वान्दो मास्टर, स्थानीय समाजसेवी तथा ब्यापारी अमृत महतोको संयोजकत्वमा हिमालयन ग्रिल रेस्टुरेन्ट पेसिफिक कोस्ट हन्टिगंटन बिचमा रात्रिभोजको साथ समापन भएको थियो ।
Home अन्तर्राष्ट्रिय युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो फेडरेसन (UUNTF) को चौथो महासभा क्यालीफेर्नियामा सम्पन्न