काठमाडौं । यही असोज ३ मा आयोजित ‘नेशनल डे कन्सर्ट’मा योगदान पुर्याएको भन्दै कलाकार केदार घिमिरेलाई सम्मान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा.कृष्णहरि पुस्करले कलाकार घिमिरेलाई सम्मान गरेको हो । कार्यालयले धरहरा परिसरमा एक समारोहका बीच संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आयोजित कन्सर्ट सफल बनाउन सहयोग गर्ने खेलाडी, कलाकार, समाजसेवी, साहित्यकारलगायतलाई सम्मान गरेको थियो ।