नागार्जुन पहिरोमा ५ जनाको मृत्यु

0
563

काठमाडौँ । असोज १० गते विहिबार देखि लगातार परेको झरीको कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोमा परि हाल सम्म १७० जनाले ज्यान गुमाएका छन् । यसैक्रममा काठमाडौँको नागार्जुन नगरपालिका–३ इचंगु नारायण मन्दिर नजिकै पहिरोले घर भत्किँदा पाँचजनाको मृत्यु भएको छ।
यसैगरी पहिरोमा परी दुईजना घाइते भएका छन्। घाइतेहरुको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार एक र आइतबार चारजनाको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक पाँचजनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here